जिउँदै मान्छे जलाउने अफताव आलमका छोराले हारे चुनाव - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

जिउँदै मान्छे जलाउने अफताव आलमका छोराले हारे चुनाव



रौतहट । रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्‍यमा पराजित भएका छन् ।

फिरदोसलाई स्वतन्त्र उम्‍मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित गरेका हुन् ।

साहले ३२ हजार ८४२ मत पाउँदा आलमले २८ हजार २४८ मत मात्र पाए ।

जिउँदै मान्छे जनाएको आरोपमा अहिले अफताव आलम जेलमा छन् । अफताब आलमका छोरालाई नेपाली कांग्रेसले टिकट दिने भएपछी पार्टीमै विवाद भएको थियो ।