आफ्नै श्रीमतीलाई आगो लगाई हत्याको प्रयास - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आफ्नै श्रीमतीलाई आगो लगाई हत्याको प्रयास



धनुषा– धनुषामा लागुऔषध दुर्व्यसनी एक व्यक्तिले नसाको सुरमा आफ्नै श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेका छन् । प्रहरीका अनुसार, धनुषाको शहीद नगरपालिका पुरवारी टोलका २४ वर्षीय मुकेश गोइत यादवले आफ्नै श्रमती निर्मला यादवलाई हातखुट्टा बाँधेर आगो लगाएका थिए ।

अहिले काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचारत उनको ७० प्रतिशत भन्दा बढि छाला जलेको छ । मुकेश र निर्मलाबीच १० महिना अघि विवाह भएको थियो ।

प्रहरीका अनुसार, वैशाख ५ गते निर्मला एक्लै भएका बेला लागुपदार्थको नसामा मुकेशले निर्मलालाई कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए ।

निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए । घटनापछि निर्मलाका बुवा कामे भुसकुलियाले प्रहरीमा उजुरी गरेका थिए । अहिले प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।फाईल तस्विर