२०७५ पुस २, सोमवार

आफ्नै ज्वाइँलाई कुटेर मारे ससुराले

June 13, 2018
210 Views
Spread the love
  • 2
    Shares

राजविराज- ससुरासहित परिवारै मिलेर कुटपिट गर्दा सप्तरीमा एक युवकको मृत्यु भएको छ। राजविराज नगरपालिका–९ मलेठका ४५ वर्षीय रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई मंगलवार राति कुटपिट गरेका थिए। हनुमाननगर नगरपालिका स्थित गिदखोराका मण्डलको शव ससुराली घरभन्दा करिब १ किलोमिटर टाढा फेला परेको थियो।

परिवारसहितको कुटपिटबाट मण्डलको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

श्रीमती अञ्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई मण्डलको हत्या गरेको उनीहरुको आरोप छ। दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षिय अञ्चना मण्डलकी कान्छी श्रीमती हुन्। जेठी श्रीमती रेशमी मण्डलसँग बस्ने गरेकोले अन्जनाको परिवारले योजनाबद्ध ढंगले हत्या गरेको मृतककी काकी फूलोदेवी मण्डलले बताइन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ससुरा रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह प्रहरी नियन्त्रणमा रहेको एसपी मुकेशकुमार सिंहले बताए।

मण्डलको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ।

Facebook Comments
  • 2
    Shares

You may be interested

नेपाल आफैले किनेको भनिएका वाइड बडी विमानहरू भाडामा पो रैछन !
पत्रपत्रिका
0 shares38 views
पत्रपत्रिका
0 shares38 views

नेपाल आफैले किनेको भनिएका वाइड बडी विमानहरू भाडामा पो रैछन !

himal post - २०७५, २ पुष ०९:१५

काठमाडौं। नेपाल एयरलाइन्सका दुई वाइड बडी विमानको स्वामित्वबारे प्रश्न उठेपछि प्रबन्ध निर्देशक सुगतरत्न कंसारकारले प्रतिवाद गर्दै भनेका थिए, ‘यिनको लालपुर्जा…

कांग्रेसमा उठ्यो हिन्दु धर्मको एजेण्डा ,६ सय नेताले गरे ‘हिन्दु राष्ट्र’को लागि  हस्ताक्षर
पत्रपत्रिका
0 shares32 views
पत्रपत्रिका
0 shares32 views

कांग्रेसमा उठ्यो हिन्दु धर्मको एजेण्डा ,६ सय नेताले गरे ‘हिन्दु राष्ट्र’को लागि हस्ताक्षर

himal post - २०७५, २ पुष ०९:०७

काठमाडौं– कांग्रेस महासमितको जारी बैठकमा धर्मको एजेण्डाले प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’…

पेस्तोलसहित बझाङमा एकजना पक्राउ
समाचार
0 shares24 views
समाचार
0 shares24 views

पेस्तोलसहित बझाङमा एकजना पक्राउ

himal post - २०७५, २ पुष ०८:५६

बझाङ । बझाङ जिल्लाको थलारा गाँउपालिकामा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । बझाङ जिल्लाको थलारा गाँउपालिका वडा नँ ६ पिखेत…