एडीलेडमा छैठौ दशैँ कप आयोजना हुदै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एडीलेडमा छैठौ दशैँ कप आयोजना हुदै



 

साउथ अस्ट्रेलियामा रहेको एडीलेड खुकुरी फुटबल क्लबले यहि सेप्टेम्बर २२ र २३ तारिकको दिन दुई दिने ‘ दशैं कप’ कार्यक्रम आयोजना गर्दै छ। क्लबको बार्षिक कार्यक्रम अन्तर्गत हुने उक्त छैठौ फुटबल प्रतियोगिता सँगै फूड स्टल , बालबालिकाको खेल र अन्य मनोरन्जनात्मक कार्यक्रम समेत रहने क्लबमा उपाध्यक्ष रमेश राजभण्डारीले बताए।

बिहान ९ बजे बाट सुरु हुने उक्त खेलको लागि अहिले सम्म १२ टिमले रजिस्ट्रेसन गरि सकेका छन। कार्यक्रममा नेपालीहरु संगै बहुसांस्कृतिक समुदायको समेत उपस्थिति रहने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रमको उद्देश्यको बारेमा बताउदै उपाध्यक्ष रमेश राजभण्डारी भन्छन ”छैठौ दशैँ कपको रुपमा आयोजना हुने यस कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदान गर्दै नेपाली समुदायलाई खेलकुदको माध्यम बाट एकिकृति गर्ने र समुदायमा खेलकुद कार्यक्रमहरुलाई बढाउने उद्देश्य रहेको छ। ” बिजेता टिमहरुलाई नगद सहित ट्रफी र मेडल पुरस्कार राखिएको दशैँ कपमा प्रथम टिमले ४ हजार डलर दोश्रो हुने टिमले १ हजार डलर नगद पाउने छन। कार्यक्रममा नेपाली संघ संस्थाको बीच भेट्रान टिम , महिला टीम , बालबालिका टिमको समेत छुट्टा छुट्टै खेल हुनेछ।

यस्तै , यस सत्रको फुटबल फेडरेसन अफ साउथ अस्ट्रेलिया अन्तर्गतको डिभिजन ४ को लिगको अन्तिम म्याचमा एडीलेड खुकुरी फुटबल क्लबको मेन र वेस्टवुड मेन बीच खेल  भएको थियो । एकेयफसी मेन टिमले ३-२ अन्तरमा वेस्टवुड मेन टिमलाई पछाडी पर्दै खेल जित्न सफल भएको थियो। क्याप्टेन रेस महर्जनले ह्याट्रिक ३ गोल गरेर क्लबलाई जिताउन सफल भएका थिए। एकेयफसी रिज़र्व टिम र वेस्टवुड रिज़र्व टिमको खेल भने ४-४ गोल गर्दै बराबरी भएको थियो। टिमका लागि म्याथु सोवरबट्सले ३ गोल र दिनेश ढुंगानाले १ गोल गर्न सफल भएका थिए।