अफगानिस्तानबाट तत्काल नेपाली फर्काउने व्यवस्था गर : नेता केसी - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

अफगानिस्तानबाट तत्काल नेपाली फर्काउने व्यवस्था गर : नेता केसी



काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन माग गरेका छन् । उनले सामाजिक संजालमार्फत त्यहाँ रहेका नेपालीलाई फर्काउने विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

अफगानिस्तानको आधाभन्दा बढी क्षेत्र तालिबानले कब्जा गरिसकेको छ भने राजधानी नजिकका सहरहरूमा पनि कब्जा जमाउने प्रयासमा लागेको छ । कैयौं देशहरूले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्दार गरिसकेका छन् भने अमेरिकाले पनि आफ्ना नागरिक फर्काउने प्रक्रिया थालेको छ ।

तालिवानले केन्द्रीय राजधानी काबुल पनि नियन्त्रणमा लिने अन्तिम चरणमा पुगिसकेको बताइएको छ। यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरूलाई उद्दार गर्न नेता केसीले आग्रह गरेका हुन् ।

नेता केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन विशेष प्रबन्ध गर्न राज्यले ढिला गर्नु हुन्न, २०१६ मा अफगनिस्तानको क्यानडियन एम्बेसीमा कार्यरत १४ नेपाली सुरक्षाकर्मीको हत्या भएको थियो। नेपालीहरूलाई तत्काल नेपाल फर्कन आवश्यक सबै व्यवस्था गरिहाल्न नेपाल सरकारसँग जोडदार माग गर्दछु।’