अफगानिस्तानमा आत्मघाती हमला, कम्तीमा ५० को मृत्यु - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अफगानिस्तानमा आत्मघाती हमला, कम्तीमा ५० को मृत्यु



अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। कुन्दुज सहरमा नमाज पढ्दै गरेका सिया मुस्लिम समुदायको मस्जितमा शुक्रवार आत्मघाती बम आक्रमण भएको बताइएको छ।

तालिवानले सरकार बनाएपछि यो सबैभन्दा ठुलो हिंसात्मक घटना भएको बीबीसीले जनाएको छ। विस्फोटमा परी एक सय भन्दा बढी मानिसहरु घाइते भएका छन्।

घटनामा आइएस के समूहको हात रहेको जनाएको छ। सिया समूह आफ्नो विरोधी भएको उल्लेख गर्दै आइएसकेले घटनाको जिम्मा लिएको केही सञ्चारमाध्यमा जनाइएको छ। घटनाका बेला मस्जिदमा तीन सयभन्दा बढी मानिसहरु रहेका थिए।