आफ्नै छाती गोली प्रहार गरि प्रहरीलाई फोन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आफ्नै छाती गोली प्रहार गरि प्रहरीलाई फोन



मोरङ । कटहरीमा एक युवकले आफैंलाई गोली प्रहार गरेका छन्। मोरङ कटहरी गाउँपालिका १ राजवंशी चोकमा दिदीको घरमा बस्दै आएका २५ वर्षीय रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका हुन्।

प्रहरीका अनुसार शुक्रबार राति ९ बजे घरमा कोही नभएको समयमा उनले आफ्नै छातीमा पेस्तोल प्रहार गरेको थिए ।

पेस्तोल प्रहारबाट घाइते रुपेश आफैंले प्रहरीलाई फोन गरेर आफू घाइते भएको जानकारी गराएका थिए ।

शुक्रबार आफन्तको विवाहमा गएको समयमा उनले आफैलाई पेस्तोल प्रहार गरेको प्रहरीले अनुमान गरेको छ।