गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट



सप्तरी– सप्तरीको बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइतको घरमा प्रेसर कुकर बम विस्फोट गराइएको छ ।

बलान-बिहुल गाउँपालिका– २ स्थित गोइत निवासमा शुक्रबार राति १२ बजेको समयमा बम विस्फोट भएको हो । विस्फोटबाट अध्यक्ष गोइतका काका श्याम सामान्य घाइते भएका छन् । उनलाई छर्रा लागेको छ । घटना भएको बेला घरमा श्याम मात्र सुतिरहेका थिए ।

घटनाको तराईमा सशस्त्र हिंसात्मक गतिविधि गर्दै आएको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाले जिम्मेवारी लिएको छ । अध्यक्ष गोइतले गाउँपालिकाको बजेटमा भ्रष्टाचार गरेकाले विस्फोट गराइएको गोइत समूहले जनाएको छ ।फाईल तस्विर