जन्म खोटाङमा, भारतमा पढाई हुँदै राष्ट्र बैंकका गभर्नरसम्म
काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ ।
अधिकारी २०७३ असारदेखि लगानी बोर्डको सीईओका रूपमा कार्यरत छन् । अधिकारी राष्ट्र बैंकको डेपुटी गभर्नर हुँदा हालका अर्थमन्त्री डा. खतिवडा गभर्नर थिए ।
उनले इन्डियन इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सीबाट चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका छन् ।
अधिकारी आर्थिक क्षेत्रमा राम्रो छवि बनाएका व्यक्ति हुन् । उनले निकै लामो समय नेपालको केन्द्रीय बैंकमा बिताएका थिए ।
अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनेस्ट्रेसनमा स्नातक र भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन् ।
राजधानीका अनुसार राष्ट्र बैंकको गभर्नरका लागि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले अधिकारीलाई पनि सिफारिस गरेका थिए ।
राष्ट्र बैंकमा रहँदा अधिकारीले सफलतापूर्वक जिम्मेवारी बहन गरेका थिए ।
अधिकारीले सन् १९९३ मा दि इन्डियन इस्न्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्सीबाट चार्टर्ड एकाउन्टेन्सीसम्मको अध्ययन पूरा गरिसकेका छन् ।
अधिकारी ५५ वर्षअघि खोटाङमा जन्मिएका थिए ।