वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
काठमाडौँ- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारी पदबाट बर्खास्त भएका छन् । सरकारले अधिकारीलाई पदबाट बर्खास्त गरेको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको बताइएको छ । उनीमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा उनलाई मन्त्रिपरिषदको बैठकले बर्खास्त गरिएको हो ।
सरकारले छानबिन समिति गठन गरेसँगै अधिकारी निलम्बनमा परेका थिए । तर सर्वोच्चले उनलाई फर्काएको थियो ।