अधिकांस प्रवासी नेपालीको गुनासो :दिल्ली स्थित नेपाली दुतावासले वास्ता गर्दैन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अधिकांस प्रवासी नेपालीको गुनासो :दिल्ली स्थित नेपाली दुतावासले वास्ता गर्दैन



नयाँ दिल्ली 

भारतमा रहेका विभिन्न  सामाजिक सङ्गठन र राजनीतिक दलका भातृ संगठनहरुले प्रवासी नेपालीका समस्या समाधान गर्नुको साटो  भारतको नयाँ दिल्ली स्थित रहेको नेपाली दुतावासले वास्तै नगर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ भारत शाखाले आइतबार राजधानी दिल्लीमा आयोजना गरेको प्रवासी नेपाली समस्या र समाधानमा सरकारको ध्यानाकर्षण विषयक कार्यक्रममा उनीहरूले भारतमा रहेका  नेपालीहरुका समस्या थुप्रै रहेको भन्दै समाधानमा महासङ्घले भूमिका खेलिदिनु पर्ने  बताएका हुन्  ।

समारोहमा बोल्ने अधिकांश वक्ताहरूले नेपाल-भारतबिचको १९५० को  सन्धि पुनरावलोकन हुनुपर्ने तर पुनरावलोकन नहुञ्जेलसम्म त्यस सन्धिमा उल्लेख भएका अनुसार अधिकारहरू नेपालीलाई प्राप्त हुनुपर्ने लगायतका मुद्दा उठाएका थिए ।

उनीहरुले  भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घटाउन पहल गर्न समाचारका माध्यमले नेपाल सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका छन्। प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाली राजदूतावासको ध्यानाकर्षण गर्न कार्यवाहक राजदूतलाई निमन्त्रणा दिइएपनि उपस्थित भने  भएनन । दिल्लीका विभिन्न सङ्घ-संस्स्थाले प्रवासी नेपालीका समस्यामा राजदूतावासले जहिले पनि बेवास्ता गर्ने गरेको थप गुनासो पोखे  । नेपाल पत्रकार महासङ्घ भारतका अध्यक्ष लोकेश शाहको अध्यक्षता र नेपाल पत्रकार महासङ्घ भारत शाखाका महासचिव गोविन्द पोखरेलद्वारा सञ्चालित कार्यक्रममा  दिल्लीमा रहेका विभिन्न राजनीतिक दलका भातृ सङ्गठनका प्रतिनिधि र सामाजिक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

तस्बिर: गोपाल भारद्वज