फनीको नेपालमा असर , उडायो सगरमाथा आधार शिविरका २० टेन्ट - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

फनीको नेपालमा असर , उडायो सगरमाथा आधार शिविरका २० टेन्ट



काठमाडौं – पर्यटन विभागले सगरमाथा आरोहणमा गएका आरोहीको अवस्था सामान्य रहेको जनाएको छ ।

विभागले आधार शिविर २ र ३ मा रहेका करिब २० टेन्ट हावाले उडाएको खबर आएको जनाउँदै कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेको छ ।

भारतमा आएको फानी चक्रवातको असर नेपालका विभिन्न भूभागमा देखिएको छ । सगरमाथामा पनि त्यसैको असरस्वरुप पनि हावाहुरी चलेको र त्यसले त्यहाँ लगाइएका टेन्ट उडाएको बताइएको छ ।

मौसमको अवस्था प्रतिकूल भए पनि आरोहीलाई आधार शिविरसम्म झार्ने काम भने अझै सुरु नभएको बताएको छ । हावाहुरी निरन्तररुपमा आएका कारण टेन्टमा रहेका आरोहीहरु बााहिर आउन सक्ने अवस्थामा नरहेको बताइएको छ ।

पर्यटन विभागका निर्देशक मिरा आर्चायका अनुसार सगरमाथा आरोहणका लागि मात्रै करिब १ हजारभन्दा बढी आरोही तथा गाइडहरु आधार शिविरमा रहेका छन् ।

त्यस्तै आधार शिविर २ र ३ मा कति आरोही छन् भन्ने यकिन तथ्यांक विभागसँग छैन । मौसम खरावी भएसँगै कति आरोहीहरु आधार शिविरमा झरिसकेका छन् भने कति झर्ने क्रममा रहेको पर्यटन विभागले जनाएको छ।