टुकुचा खोलाको प्रमाण झिकाउन अदालतको आदेश - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

टुकुचा खोलाको प्रमाण झिकाउन अदालतको आदेश



उच्च अदालत, पाटनले काठमाडौंको टुकुचा खोलाको अतिक्रमण हटाउनेसम्बन्धी विवादमा प्रमाण झिकाउने आदेश दिएको छ।

न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्न भन्दै खन्न सुरू गरेपछि त्यसको विरोधमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका तर्फबाट निर्देशक भोला विक्रम थापा लगायत तीन जनाले साउन ३१ गते उच्च अदालतमा रिट दायर गरेका थिए।

असोज २ गते त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। त्यससँगै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

बुधबार भएको छलफलपछि प्रमाण झिकाउने आदेश दिएको हो ।