अछाममा चौँरीगाईको पुच्छर र हड्डीसहित एकजना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अछाममा चौँरीगाईको पुच्छर र हड्डीसहित एकजना पक्राउ



अछाम । अछाममा चौँरीगाईको पुच्छर र हड्डीसहित एक जना पक्राउ परेका छन् । हुम्लाको सिमकोट गाउँपालिका– ६ घर भएका कुंगा लामालाई अछामको ढकारी गाउँपालिका– १ सैनबजारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गस्तीमा गएको प्रहरीले लामालाई चेकजाच गर्दा चौँरीगाईको सेतो पुच्छर सात थान र कालो पुच्छर एक थान र चौँरीगाईको हड्डी पनि फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अबैध रुपमा चौँरीको पुच्छरसहित पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीका लागि जिल्ला पशुसेवा कार्यालयमा पठाएकोे छ ।