अछामका एमाले नेता कार्यकर्ता सर्लक्कै नेकपा 'एस'मा - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

अछामका एमाले नेता कार्यकर्ता सर्लक्कै नेकपा ‘एस’मा



काठमाडौँ- नेकपा एमालेबाट चुनाव जितेका वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमाले अछाममा थप क्षति पुगेको छ ।

पछिल्ला दिनमा अछाम एमालेमा पहिरो जानेक्रम जारी छ । एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भएयता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलेको एमालेकै नेताहरूले स्वीकार गरेका छन् ।

अनेरास्ववियूका केन्द्रीय उपमहासचिव नरेश न्यौपानेका अनुसार भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएपछि एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै एकीकृत समाजवादी प्रवेश गर्न थालेका छन् ।

एकीकृत समाजवादी अछामका सचिवालय सदस्य समेत रहेका न्यौपानेले अछाममा एमालेका नेता र कार्यकर्ताहरु क्रमशः एमाले छाड्ने तयारी गरिरहेको र एकीकृत समाजवादीका नेताहरुसँग संवाद बढाइरहेको बताएका छन् ।