ओलीले आचारसंहिता उल्लंघन गर्दा: कार्यकर्तालाई अर्को सर्कुलर - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

ओलीले आचारसंहिता उल्लंघन गर्दा: कार्यकर्तालाई अर्को सर्कुलर



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ ।

नेतृत्वले नै पार्टीले जारी गरेको आचारसंहिता उल्लंघन गरेको आरोप लागेको बेला यस्तो निर्णय गरिएको हो ।

तीन दिनअघि अर्थात फागुन ११ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र–८ जारी गर्दै आचारसंहिता कार्यन्वयनमा जोड दिएका हुन् ।

केही दिनअघि मात्रै अध्यक्ष केपी ओलीले आफ्नो जन्मदिन मनाउने क्रममा पार्टीको आचारसंहिता उल्घन गरेको भन्दै पार्टीभित्रै आलोचना भएको थियो ।

‘सवै तहका पार्टी कमिटी र संगठित तथा साधारण सदस्यहरुले पार्टी केन्द्रबाट जारी गरिएको आचारसंहिता पालना गर्ने, गर्न लगाउने र त्यस सन्दर्भमा आफूलाई उदाहरण बनाउने’, नेकपाको विशेष परिपत्रमा भनिएको छ ।

११ बुँदे परिपत्रमा नेकपाले आगामी २०७६ चैतभित्र पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्पन्न गरिसक्न निर्देशन पनि दिएको छ ।