अचार अमिलो हैन ,तिम्रो विचार अमिलो (महिनावारी सचेतना फोटो फिचर) - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अचार अमिलो हैन ,तिम्रो विचार अमिलो (महिनावारी सचेतना फोटो फिचर)



काठमाडौं- महिनावारीका विषयमा अझै पनि नेपाली समाजमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाका रुपमा नलिँदा धेरै महिलाले दुख पाइरहेका छन्। विश्व महिनावारी सचेतना दिवसका अवसरमा महिनावारी सम्बन्धि भ्रम चिर्न र महिनावारीलाई कुनै समस्याका रुपमा नलिन विभिन्न सन्देशमुलक जानकारी फैलाउने प्रयास भएको छ।

‘वी इन्स्पाएर नेपाल’ले सामाजिक सञ्जाल फेसबुकमा युवतीहरुको हातमा महिनावारीका विषयमा लेखिएका विभिन्न सन्देशसहितका तस्बिरहरु सार्वजनिक गरेको छ। मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी सचेतना दिवस मनाइने गरिन्छ।

तस्विरमा युवतीहरुले महिनावारीका विषयमा रहेका सम्पूर्ण भ्रम चिर्ने सन्देश प्रवाह गरिरहेका छन्। ‘अरु दिन घरको रानी, अनि ५ दिन चैँ मैले छोको पानी नि नखानी ?’, ‘तिमीले रगत बगायौ, देखियो तिम्रो बहादुर चरित्र, मेरो रगत बग्यो र भएँ म अपवित्र ??’, अचार अमिलो होइन, तिम्रो विचार अमिलो’, ‘पिडा छ हनुमान जी अरु बेला वर सर भन्ने अहिले चाँहि पर सर भन्ने’ जस्ता सन्देशमुलक जानकारी लेखिएका पोष्टरहरु युवतीले बोकेका छन्।

स्वास्थ्यखबर

photos: we inspire nepal