अछाममा बाढीको वितण्डा : ६ जनाको मृत्यु , ११ जनाको खोजीकार्य जारी - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

अछाममा बाढीको वितण्डा : ६ जनाको मृत्यु , ११ जनाको खोजीकार्य जारी



कैलाली – बुधवार बिहान १ बजे कैलाश खोलामा आएको बाढीले बगाउँदा बेपत्ता १७ मध्ये ६ जनाको शव फेला परेको छ।

अछामको रामारोशन गाउँपालिका ४ का १२ वर्षीय नवीन साउद, वडा नम्बर ५ का अन्दाजी ३३ वर्षीय गौरी शाह र चन्द्र साउद मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाका अनुसार शव फेला परेका ६ जनामध्ये ३ जनाको अझै सनाखत हुन सकेको छैन।

मृतक नवीन साउदको शव परिवारलाई बुझाइएको उनले बताए। ५ जनाको शव जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको छ। अझै ११ जना बेपत्ता रहेको उनले बताए। बेपत्ताको खोजिएका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयहरू खटिरहेका छन् ।