कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु, दुई घाइते - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु, दुई घाइते



कैलाली । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पुर्व पश्चिम् राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका- १ सुखडमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

पुर्बबाट पश्चिम गईरहेको बा ८ च २१०० नम्बरको कारको ठक्करबाट साइकल यात्री घोडाघाडी नगरपालिका -१ जनकपुर बस्ने २६ बर्षिया स्रोनिया चौधरी र उनका छोरा ५ वर्षिय कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

भट्टका अनुसार , सोहि गाडीले मोटरसाइकललाई पनि ठक्कर दिएको छ । कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका- १० बस्ने ४५ वर्षिय डबल शाह र लम्कीचुहा नगरपालिका- १० बस्ने ४० वर्षिय जयन्द्र सुनार रहेको प्रहरी प्रमुख भट्टले जानकारी दिए ।

घाईते दुबै जनाको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । कारका चालक बर्दगोरिया गाउपालिका- १ का राजेन्द्र मल्ललाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।