ट्याक्टरको ठक्करबाट १२ वर्षिय बालकको मृत्यु - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

ट्याक्टरको ठक्करबाट १२ वर्षिय बालकको मृत्यु



विशाल पाण्डेय / सुखड ।
कैलालीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका- ११ मुर्गवामा ट्याक्टरको ठक्करबाट १२ बर्षीय विशाल बलामी मगरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए ।

भट्टका अनुसार , डोटीको जोरायल घर भई घोडाघोडी- ११ मुर्गवा फुपाजुको घरमा बस्दै आएका बलामी मगरलाई नवलपुर बाट पहलमानपुर तर्फ आउदै गरेको से १ त ४९२६ नम्बरको ट्याक्टरको ठक्कर दिएको थियो ।

मृतक मगरको शव घटनास्थलमै प्रहरीको निगरानीमा रहेको भट्टले जानकारी दिए। उनले भने , बालकको वुवा डोटीबाट आउदै गरेको हुँदा शव घटनास्थलमै रहेको छ र फरार भएका ट्याक्टर चालक प्रहरीको सम्पर्कमा आएका छन् ।”