बंगाल सरकारद्वारा नेपाली भाषामा प्रशारण हुने एबिएन च्यानल बन्द - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

बंगाल सरकारद्वारा नेपाली भाषामा प्रशारण हुने एबिएन च्यानल बन्द



अर्जुन खनाल/नयाँ दिल्ली,साउन ९ 

बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने  भारतको एक मात्र सेटलाइट टेलिभिजन ‘अखिल  भारतीय नेपाली (एबिएन) च्यानल’ बन्द गराएको छ ।

गोर्खाल्यान्ड आन्दोलनका समाचारलाई प्राथमिकतासाथ प्रसारण गरेको भन्दै सुरक्षाकर्मी र सिबिआईद्वारा बन्द गराईएको एबिएन दिल्ली ब्युरो चिफ अनिता  क्षत्रीले हिमाल पोस्टलाई जानकारी दिनु भएको थियो ।बंगालकी मुख्यमन्त्री ममता   बनर्जीको ‘पहाडमा जसरी पनि शान्ति ल्याउने’ अभिव्यक्ति आएलगत्तै उक्त टेलिभिजन च्यानल बन्द गरिएको हो ।

उक्त  चैनल सिक्किमको  मुख्यमंत्री पवन कुमार चामलिंगको छोरा   बिजय चामलिंगको हो  । स्वयं पवन चामलिंगले गोर्खाल्यान्डको बारेमा खुलेर  समर्थन गरेको कारण  बन्द गरिएको हुन सक्ने आसंका गरिएको छ ।