सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सुचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न



हिमाल पोस्ट/सुखड,कैलाली ।
जनप्रतिनिधिका लागि सुचनाको हक सम्बन्धी २ दिने अभिमुखिकरण कैलालिको घोडाघोडी नगरपालिका -१ सुखडमा मंगलबार सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा सम्पन्न भएको कार्यक्रमलाई घोडाघोडी नगरपालिकाले सहयोग गरेको थियो । पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउदको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथीती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए ।

प्रमुख अथितीको आसनबाट बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले पत्रकारहरुले मर्यादित बनेर सत्य तथ्य सुचनाको आधारमा मात्र समाचार प्रकाशन गर्नु पर्ने बताए । राष्ट्रको चौथो अंग पत्रकार जगत
भएकाले निकै नै संवेदनशील भएर कलम चलाउनु पर्ने बताउदै नगर प्रमुख चौधरीले सुचनाहरु लिन आउने मानिसलाई सहि सुचना दिन जनप्रतिनिधिलाई आग्रह समेत गरे । कार्यक्रममा बोल्दै नगर उप प्रमुख प्रेम कुमारी थापाले पत्रकारहरुले सहि सुचनाको आधारमा कलम चलाउनु पर्ने बताइन् ।

कार्यक्रममा स्थानिय जन प्रतिनिधिहरुलाइ सुचनाको हक सम्बन्धी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल ले प्रशिक्षण दिएका थिए । कार्यक्रम पत्रकार महासंघ कैलाली शाखाका सचिब मीन ठकुरिले संचालन गरेका थिए ।