अभाने एकता मञ्च जिल्ला समिति रोपडको एघारौँ द्वि बार्षिक सम्मेलन सम्पन्न - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

अभाने एकता मञ्च जिल्ला समिति रोपडको एघारौँ द्वि बार्षिक सम्मेलन सम्पन्न



रमेश खड़का /रोपड । ‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मूल नाराका साथ ६ मईमा  अखिल भारत नेपाली एकता मञ्च (रजि.) संयुक्त राज्य समिति चंडीगढ़ अन्तर्गत पर्ने जिल्ला समिति रोपडको एघारौँ द्वि बार्षिक सम्मेलन रोपडको थर्मल नुहो कालोनी टाइप  २  क्लबमा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त सम्मेलनले निर्मला सिलवालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति र ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ।

समितिको अन्य पदाधिकारीमा उपाध्यक्षमा तेज पाल दरलामी र डम्मर जीयम , सचिव उद्व बहादुर साहनी, सहसचिव चुरामणि सापकोटा र कोषाध्यक्ष राम बहादुर खड़का र अन्य सदस्यहरूमा श्रीमती हेमा नेपाली, जय पाल परियार, कमल गिरी “ख” अमृता गुर्मछाने,गोमा थापा, हरिनारायण रिजाल र कृष्ण बहादुर थापा चयन भएका छन् ।

मुख्य अथिति अखिल भारत नेपाली एकता मञ्च (रजि,)का केन्द्रीय उपाध्यक्ष राम प्रसाद घिमिरेको उपस्थिति थियो । साथै सम्मेलनमा अखिल भारत नेपाली एकता मञ्चका केद्रीय सचिव तीर्थ भण्डारी सह- सचिव रवि कुमार, केन्द्रीय सदस्यहरू कमल गिरी र महिला नेत्री कल्पना जिएम लगायतका अथितिको सहभागिता थियो।

त्यसै गरी उक्त सम्मेलनमा खेलाइएका विभिन्न खेलकुद १००  मिटर दौड़, चम्चा गुच्छा, घैटो फोड ,कुर्सी चोर जस्ता खेलमा उत्कृष्ट प्रदशन गर्ने खेलाडीहरूलाई पुरस्कार वितरण एब नयाँ जिल्ला समितिलाई सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता मञ्च संयुक्त राज्य समिति चण्डीगढका अध्यक्ष एवं केन्द्रीय सदस्य ठाकुर भुसाल सचिव एवं केन्द्रीय सदस्य प्रकाश स्याडा, दृष्टि सांस्कृतिक परिवारका प्रेम नेपाली अनि जे बी सिलवाल,डोल बहादुर कुँवर, अमराज सुनार, कैलाश बि क, बलराम कडेल, नेप बहादुर के सी, विजय बि क, गगन के सी र लाल बहादुर के सी रहेका थिए ।

सम्मेलनबाट नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनको लागि भाइचारा सङ्गठन नेपाली प्रवासी सङ्घका बलराम कड़ेलको पनि उपस्थिति थियो।

प्रमुख अथिति केन्द्रीय उपाध्यक्ष राम प्रसाद घिमिरेले सम्मेलनलाई उद्धघाटन एवं सम्बोधन गर्दै नेपालमा शान्ति, सु-शासन सम्पन्न र दिगो विकास को लागी बाम एकताको आवश्यक भयको र पार्टी एकता भएर छाड्ने भन्दै जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्दै पार्टी एकता हुन्छ नकी एक अर्को पार्टीमा विलय हुने बताए ।  नेपालमा वैज्ञानिक कृषि प्रणाली , आधुनिक शिक्षा, देशमा दिगो विकास र समाजवादी क्रान्ति सम्पन्न गर्नको लागी एमाले माओवादी केन्द्रको एकताले मात्र पुरा नहुने भन्दै सबै कम्युनिस्टहरूको एकता हुन आवश्यक रहेको बताए ।

केन्द्रीय सचिव तीर्थ भण्डारीले  सबैका छोराछोरीले हासिल गरेका डिग्री डिप्लोमा आफ्नै देश भित्र गएर प्रयोग गर्नु पर्ने समय आएको भन्दै अब नेपालमा अत्यआधुनिक शिक्षा प्रणाली हुने भएकोले त्यसको हिस्सेदार हामी पनि हुनुपर्छ र देशमा विकाश लागी हाम्रो आवश्यकता रहेको बताए ।

उक्त सम्मेलन को अध्यक्षता शेर बहादुर खड़का र सञ्चालन कल्पना जी एमले गरेकी थिईन भने दृष्टि सांस्कृतिक परिवारद्वारा सम्मेलन अवधिभर विभिन्न रोचक गीतसंगीत र नृत्य प्रस्तुत गरिएको  थियो ।