अभाने एकता मंच भारतद्वारा नेपालको संघीयता,सम्भावना र चुनौति विषयमा अन्तरक्रिया हुने - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अभाने एकता मंच भारतद्वारा नेपालको संघीयता,सम्भावना र चुनौति विषयमा अन्तरक्रिया हुने



हिमाल पोस्ट /नयाँ दिल्ली माघ २७ 

नेकपा माओवादी केन्द्रको जनवर्गिय संगठनको रुपमा भारतभरी कृयाशिल रहेको अखिल भारत नेपाली एकता मंचले दिल्ली, हरियाणा, उत्तरप्रदेश, उत्तराखण्ड, मध्यप्रदेश तथा छत्तीसगढको क्षेत्रीय सम्मेलनको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपालको संघीयता सम्भावना र चुनौति बिषयक अन्र्तक्रिया कार्यक्रम गर्ने जनाइएको छ । जसमा नारायणकाजी श्रेष्ठ, डि. पि. त्रीपाठी, आनन्दस्वरुप वर्मा र लक्ष्मण पन्तहरुले विस्तारीत रुपमा बोल्ने जनाइएको छ ।

अन्र्तक्रिया कार्यक्रम ११ फरवरी २०१७ का दिन गान्धि शान्ति प्रतिष्ठान, नयाँ दिल्ली आइटिओ नजिकै दिउसो २ बजेदखि सुरु हुने छ । त्यस्तै सम्मेनको कार्यक्रम १२ फरवरी २०१७ आइतबारको दिन दिउसो १२ बजेदेखि गुफा शिव मन्दिर, ब्रिटानिया चोक, रिंग रोड, नजिक पञ्जाबी बाग, नयाँ दिल्लीमा हुने जनाइएको छ ।

सम्मेलनको कार्यक्रममा नेपाली साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरीएको कुरा आयोजक समितिले जनाएको छ ।