प्रचण्डका प्रतिस्पर्धी अब्दुस मियाँको टोलीमाथि आक्रमण, एक जना गम्भीर - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रचण्डका प्रतिस्पर्धी अब्दुस मियाँको टोलीमाथि आक्रमण, एक जना गम्भीर



गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवारको टोलीमाथि आक्रमण भएको छ । हामी प्रचारको काम सकेर फर्किंदै गर्दा उनीहरूमाथि आक्रमण भएको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रतिस्पर्धी रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको हो । आइतबार राति पालुङटार नगरपालिका-७ स्थित म्याङ्गो रिसोर्टमै पाँच जनाको समूहले बियरको बोतलले आक्रमण भएको हो ।

एमाले प्रदेश सचिवालय सदस्त हरि काफ्लेको टाउकोमा चोट लागेको छ । टाउकोमा सातवटा टाँका लगाएर उनलाई थप उपचारका लागि राति नै काठमाडौं पठाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।