ओलीले बोलाएको बैठकमा नेपाल समुह नजाने: अवैध भएको निष्कर्ष - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

ओलीले बोलाएको बैठकमा नेपाल समुह नजाने: अवैध भएको निष्कर्ष



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भन्दै वरिष्ठ नेता माधवकुमार नेवाल समूह नजाने भएको छ ।

नेपाल समूहको आज बसेको स्थायी समिति बैठकले पार्टी अध्यक्ष ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो ।

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।

त्यही विषयमा छलफल गर्न बिहीबार बसेको स्थायी समिति बैठकले दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले बैठकमा नजाने निर्णय गरेको हो ।