बंगालको खाडीको प्रभाव: यस्तो रहनेछ अबको मौसम - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बंगालको खाडीको प्रभाव: यस्तो रहनेछ अबको मौसम



काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

विभागका मौसमविद् शान्ति कँडेलले भने, ‘अहिले मनसुनको कुनै प्रभाव छैन। वर्षा अझै केही दिन लम्बिनेछ। यो क्रम आगामी तीन दिनसम्म चलिरहनेछ।’

आइतबार दिउँसो देशभरी सामान्य बदली रहि मध्य,पुर्वी पश्चिमका केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित मध्यम वर्षा हुनेछ।

राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मध्य र पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।