२९ सय मत गणना हुँदा शेखरले ११ सय कठाए - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

२९ सय मत गणना हुँदा शेखरले ११ सय कठाए



काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो विवरणअनुसार २९ सय मतगणना गर्दा देउवाले १७८८ मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ११५१ मत पाएका छन्।

अब २ हजार हाराहारीमा मतगणना हुन बाँकी छ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि देउवा र डा। शेखर कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङ तीनै जना उम्मेदवारले देउवालाई समर्थन गरेका थिए ।