अब विदेशमा दूतावासबाटै श्रम स्वीकृति लिन पाउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब विदेशमा दूतावासबाटै श्रम स्वीकृति लिन पाउने



अबदेखि घरेलु कामदारसहित नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन पाउने भएका छन् ।

 

वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् ।

सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका थिएनन् ।

नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।

दुई पटकभन्दा बढी श्रम स्वीकृति लिन पाउने व्यवस्था हुँदा कामदार नेपाल नफर्किने अवस्थालाई ध्यान दिंदै यो व्यवस्था ल्याइएको स्रोतले जनाएको छ ।

श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले श्रम मन्त्री गोकर्ण विष्टको पहलमा नयाँ व्यवस्था गर्न लागिएको हो ।