कक्षा ९ र १० मा अब ७ विषय मात्रै पठनपाठन हुने  - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कक्षा ९ र १० मा अब ७ विषय मात्रै पठनपाठन हुने 



काठमाडौं । नयाँ पाठ्यक्रमको संरचना अनुसार कक्षा ९ र १० मा विषय घटाइएको छ । आगामी शैक्षिक सत्रदेखि ९ र १० कक्षामा ७ विषयको मात्रै पठनपाठन हुने भएको छ ।
यो भन्दा पहिले ८ विषय पठनपाठन हुँदै आएकोमा अब स्वास्थ्य तथा जनसंख्या विषय हटाइने भएको हो। पाठ्यपुस्तक तयार गर्दा विज्ञानमा प्रविधि सम्वन्धिका पनि विषयवस्तुहरु समावेश गर्ने तयारी गरिएको छ।

आउँदो शैक्षिक सत्रदेखि ९ र १० कक्षामा ५ विषय अनिवार्य र २ विषय ऐच्छिक रहने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिए । यस्तै, कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशा व्यवसाय विषय पनि हटाइएको छ।