एबी डिभिलियर्सको अनौठो क्याच, रातारात बने सुपरम्यान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एबी डिभिलियर्सको अनौठो क्याच, रातारात बने सुपरम्यान



इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच खेल भयो ।यो खेल कुनै फिल्म भन्दा कम भने थिएन ।

उसै पनि ए भी डिभिलियर्स एक अदभुत खेलाडी मानिन्छन त्यसैमाथि एलेक्स हेलले हानेको छक्कालाई विकेटमा परिणत गरेर यो खेलमा उनले छुट्टै उचाई बनाएका छन्  । धेरै भारतीय मिडियाले त उनलाई सुपर म्यानको संज्ञा दिएका छन् ।

मोइन अलिले गरेको बललाई एलेक्स हेलले बाउन्ड्री बाहिर हाने, बल बाउन्ड्री बाहिर गैसकेको नै थियो तर बाउन्ड्रीमा उभिएका डिभिलियर्स सुपरम्यान जसरे उफ्रेर बल समाए र हेललाई आउट गरे । हेर्दै अचम्म लाग्ने यो क्षण अदभुत नै बनेको थियो ।

सामाजिक सन्जालमा यस क्याचलाई लिएर डिभिलियर्सको निकै तारिफ भइरहेको छ । आफ्नो पालामा निकै सफल फिल्डर मानिने जोन्टी रोड्स्ले लेखेका छन्, ‘अहिले भर्खरै क्याचको रिप्ले हेरें, क्या सुन्दर क्याच छ ।’

सामाजिक सन्जालमा विनय नाम भएका एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो चरो हो कि प्लेन हो, यो त एबी डिभिलियर्स पो हो ।’

सुनिल द ट्रेकर नाम भएका अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘इण्डियन पुलिस यदि तिमीहरुलाई अपराधिहरुलाई पक्रन सहयोग चाहिन्छ भने एबी डिभिलियर्स अझै भारतमै छन् ।’

सबै आश्चर्यचकित भए । कसैले सोचेका थिएनन् कि यो बल क्याच हुन्छ भनेर । बैंगलोरका कप्तान बिराट कोहली र मैदानमा उपस्थित दर्शकहरुले समेत बल क्याच भएको विश्वास लागेन । तर, डिभिलियर्सले सुन्दर तरिकाले बल समात्न सफल भएका थिए । यसलाई आईपीएलको इतिहासकै सबैभन्दा राम्रो र अदभूत क्याच भनिएको छ ।