निर्वाचनको नतिजा छिट्टै आउँछ: प्रमुख आयुक्त थपलिया - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

निर्वाचनको नतिजा छिट्टै आउँछ: प्रमुख आयुक्त थपलिया



काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गरेका छन् ।

भक्तपुरको लोकन्थलीस्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेको भन्दै निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गरेका छन् ।

५ वर्षमा एक पटक आउने निर्वाचनलाई अवसरको रूपमा प्रयोग गर्न पनि उनले अनुरोध गरेका छन् । उनले निर्वाचनलाई व्यवस्थित गर्न मोनिटर भइरहेको जानकारी दिए ।

उनले आयोगको कल सेन्टरबाट पनि सेवा प्रवाह भइरहेको बताए । उनले मतदान गोप्य हुने भएपनि मतगणनालाई पारदर्शी बनाउन जरुरी रहेको धारणा राखे ।

उनले शनिबार साँझदेखि निर्वाचनको नतिजा आउन सुरु हुने बताए ।