प्रमुख निर्वाचन आयुक्त भन्छन्- टुलुटुलु हेरेर बस्न सकिन्न, अझै भूकम्प आउन बाँकी छ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रमुख निर्वाचन आयुक्त भन्छन्- टुलुटुलु हेरेर बस्न सकिन्न, अझै भूकम्प आउन बाँकी छ



विराटनगर- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनमा आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन्।

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा कोकोहोलो मच्चाउने प्रवृत्ति आयोगका लागि चुनौतीको विषय भएको थपलियाले बताए।

विराटनगरमा शुक्रबार प्रदेश स्तरीय सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्पष्टीकरण सोध्दैमा अहिले तरंग आएको बताए। उनले भने, ‘आयोगका पछिल्ला निर्णयले अब भूकम्प नै ल्याउने छ।’ स्पष्टीकरण कारबाही नभएर प्रक्रियाको सुरूवातमात्रै भएको प्रमुख आयुक्त थपलियाको भनाइ छ।

प्रदेश स्तरीय अन्तरक्रियामा उनले सञ्चार माध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाइदिन आग्रह गरे। उनले निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्र सबल हुने बताए।

प्रमुख आयुक्त थपलियाले मतदाता परिचय पत्र नभए पनि मतदानबाट वञ्चित नगरिने बताए। उनले भने, ‘लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटोसहितको परिचय पत्र भए पनि हुन्छ।’