निर्वाचन आयुक्त भन्छन्- कतिपय उजुरी उम्मेदवारलाई फसाउने नियतले आएका छन्
निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणसहित आएको बताएका छन्।
आयोगमा १५० वटा उजुरी परेको र करिब ५० वटा उजुरी कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे। निर्वाचन आयुक्त भण्डारीले विगतका निर्वाचनमा भन्दा अहिले हुन गइरहेको निर्वाचनमा आचारसंहिता उल्लंघनको घटना कम देखिएकोसमेत बताए।
उनले भने, ‘कतिपय उजुरी सत्यतामा आधारित छन्। कतिपय उजुरी अरूलाई फसाएर फाइदा लिने प्रयोजनका लागि झुटा विवरणका पनि छन्। त्यसो भएकाले आयोगले ती उजुरीउपर पहिला के हो, तपाईंको तथ्यगत भनाइ भनेर उहाँलाई आफ्नो स्पष्टीकरण पेस गर्ने मौका दिएको हो। हामी त्यसलाई मात्रै प्रमाण राखेर हेर्दैनौँ। हामी मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा र प्रमुख जिल्ला अधिकारीको सहसंयोजकत्वमा अनुगमन अधिकारीहरू सम्बन्धित निर्वाचन क्षेत्रमा हुनुहुन्छ।’