एमाले उम्मेदवारले मतदातालाई पैसा बाँडेपछि आयोगले सोध्यो प्रष्टीकरण
नुवाकोट क्षेत्र नम्बर १ एमाले उम्मेदवार बद्री मैनालीलेले मतदातालाई पैसा बाँडेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ ।
औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल भएको भन्दै आयोगमा उजुरी परेको थियो ।
‘तपाईंले मतदातालाई नगदै वितरण गर्नु भएको हो, होइन ? तपाईंले मतदातालाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ ।
तीन दिनभित्र स्पष्टीकरण पेस गर्नू आयोगले भनेको छ ।