आज आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

आज आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने



काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दर्ता भएको निर्वाचन मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिरहेको छ। बुधबारदेखि जारी मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने काम आज पनि जारी रहने आयोगको कार्यतालिका थियो।

आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। आजै साँझ ६ बजे मनोनयन भएको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।

त्यस्तै, आयोगको तालिका अनुसार भोलि (शुक्रबार)साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। भोलि नै आयोगले अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ। शनिबार चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ।

आयोगले बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ। त्यसपछि उम्मेदवारले प्रचार प्रसारका लागि १० दिनको समय पाउनेछन्।

बैशाख ३० गते निर्वाचन सुरु हुनु अगाडिको ४८ घन्टा मौन अवधि हुनेछ। मौन अवधि सुरु हुनु अघिसम्म उम्मेदवारले प्रचार प्रसारका लागि समय पाउनेछन्। बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

दुई दिनको मनोनयनको समयमा देशभर डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ। एक लाख ५२ हजार ४६५ मनोनितको विवरण संकलन भएको आयोगले जनाएको छ । वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदै छ।