निर्वाचन आयोगको निर्णय कांग्रेसलाई चित्त नबुझेपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

निर्वाचन आयोगको निर्णय कांग्रेसलाई चित्त नबुझेपछि…



नेपाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अव्यवहारिक भएको जनाएको छ। 

निर्वाचन आयोगले आचारसंहिता लागु हुने मिति घोषणा गरेकै दिन कांग्रेसले पत्रकार सम्मेलनमार्फत आचारसंहिताको विरोध गरेको हो। आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागु हुने घोषणा गरेको छ। 

“प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकोले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन्” कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा असोज ११ गते जारी विज्ञप्तीमा भनिएको छ, “प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिड्न नपाउने भन्ने कुरा व्यवहारिक छैन।” 

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने आफूहरुले विश्वास लिएको महतले सञ्चारकर्मीलाई बताए।