निर्वाचन आयोगले अस्विकार गरिदियो ठाकुरको निवेदन - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

निर्वाचन आयोगले अस्विकार गरिदियो ठाकुरको निवेदन



काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समुहको निवेदन निर्वाचन आयोगले अस्विकार गरेको छ । ठाकुर पक्षले सनाखत रोक्न निर्वाचन आयोगलाई बुझाएको निवदेन आयोगले अस्वीकार गरेको छ।

जसपाभित्र आधिकारिताको लागि चलिरहेको विवादलाई सुल्झाउन आज आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गर्दैछ। ‘हेड काउन्ट’ का लागि दुवै पक्ष आयोगमा पुगेको छन्।

जसपामा ठाकुर र महतो पक्षले सनाखत रोक्नका लागि आयोगमा निवदेन दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार आयोगले उक्त निवदेन अस्वीकार गर्दै सनाखत आजै हुने भनिएपछि सो पक्षका नेताहरु बाहिरिएका छन्।