२०७५ साउन ५, शनिबार

आयो दु:खद खबर :- दक्षिण कोरियामा एक नेपालीको मृत्यु

January 11, 2018
324 Views
Spread the love

कोरियामा एक नेपाली युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। महोत्तरी बर्दिवास घर भइ करिब ७ महिना पहिले कोरिया आएका प्रकाश थापा मगर बुधबार बिहान मृत फेला परेका हुन्। उनीसँगै काम गर्ने नेपालीलाई उद्धृत गर्दै एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरूङले सेतोपाटीलाई दिएको जानकारी अनुसार मगरलाई बुधबार बिहानसँगै कार्यरत नेपाली साथीहरुले झुन्डिएको अबस्थामा मृत फेला पारेका थिए।

२५ वर्षीय मृतक मगर कोरियाको पोछनमा एउटा कृषि फारम कार्यरत थिए। उक्त फारममा ३ जना नेपाली कार्यरत छन्। श्रोतका अनुसार कपालको रौँ झर्ने समस्या भएपछि उपचारको लागि नेपाल जान गत मंगलबारको टिकटसमेत लिएका थिए। हिजै नेपाल जानुपर्ने मान्छे तर आज कोरियामै मृत अवस्थामा फेला परेका छन्।

हाल मृतकको शब प्रहरीले नजिकैको अस्पतालमा राखेको छ। सँगै कार्यरत नेपालीलाई प्रहरीले सोधपुछको लागि प्रहरी चौकी लागेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Facebook Comments

You may be interested

कांग्रेसले ‘निहुँ’ खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

कांग्रेसले ‘निहुँ’ खोजे ठेगान लगाउछौं: लालबाबु पण्डित

himal post - २०७५, ५ श्रावण १९:१५

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहे पनि ‘निहुँ’…

सञ्चाकरकर्मीमाथिको दमन आपत्तिजनक: प्रेस युनियन
समाचार
0 shares26 views
समाचार
0 shares26 views

सञ्चाकरकर्मीमाथिको दमन आपत्तिजनक: प्रेस युनियन

himal post - २०७५, ५ श्रावण १९:११

काठमाडौं । नेपाल तरुण दलले आज राजधानीको नयाँ बानेश्वरमा गरेको शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलन गरिरहेका सञ्चाकरकर्मीमाथि सरकारले गरेको दमनप्रति नेपाल…

मृतक तिमल्सिनाको स्थिति बुझ्न महाबाणिज्य दूतावास हंगकंगले प्रतिनिधि खटायो।
प्रवास
0 shares44 views
प्रवास
0 shares44 views

मृतक तिमल्सिनाको स्थिति बुझ्न महाबाणिज्य दूतावास हंगकंगले प्रतिनिधि खटायो।

himal post - २०७५, ५ श्रावण १९:००

कर्ण अधिकारी/मकाउ मकाउमा विगत ७ वर्षदेखि कार्यरत खिम नारायण तिमल्सिना कम्पनीको स्टाफ ट्वाइलेटमा मृत भेटिएका छन् । मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत…