विश्व बैंकको चर्को दबाबपछि गाडी, मदिरालगायतको आयात प्रतिबन्ध फुकुवा - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

विश्व बैंकको चर्को दबाबपछि गाडी, मदिरालगायतको आयात प्रतिबन्ध फुकुवा



काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ ।

विश्व बैंक र व्यवसायीको चर्को दबाबपछि पुसदेखि लागु हुनेगरी मंगलबारको मन्त्रिपरिषद्को बैठकले यी वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी चार प्रकारका वस्तुहरू निजी चार पाङ्ग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३०० डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।