पोखराका एक व्यक्तिले गरे पेट्रोल छर्केर आत्मदाह - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

पोखराका एक व्यक्तिले गरे पेट्रोल छर्केर आत्मदाह



पोखरा- पोखरामा एक जनाले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन्।

स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भई पोखरा महानगरपालिका-१७ बस्ने नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेका हुन्।

तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा उनले आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ।

पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएको प्रहरीले जनाएको छ। अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए।

उनकी श्रीमती र सात वर्षकी एक छोरी छन्। आत्मदाहबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।