आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्घाखाँचीबाट सहभागी हुने खेलाडी छनोट आजदेखि  - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्घाखाँचीबाट सहभागी हुने खेलाडी छनोट आजदेखि 



कमल बिष्ट / अर्घाखाँची ।

“आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख हाम्रै देशमा” भन्ने नारा सहित शुरु हुन लागेको ८औं राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ का लागि अर्घाखाँची बाट विभिन्न विधामा सहभागी हुने खेलाडीहरुको छनोट प्रतियोगिता आज दिउँसो १२ बजे बाट सन्धिखर्क टुडिखेलमा शुरु हुने भएको छ ।

प्रदेश ५ का खेलकुद विकास अध्यक्ष भिम ओलिले उद्घाटन गर्ने उक्त छनोट प्रतियोगितामा जिल्ला भरका विभिन्न खेलाडिले राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि छनोट प्रतिस्पर्धा गर्ने छ्न । छनोट प्रतियोगिता यहि पौष ४,५ र ६ गते सन्धिखर्कको टुडिखेल मैदानमा हुने अर्घाखाँची खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले जानकारी गराउनु भएको छ । प्रतियोगिता भए खेलकुदको आनन्द लिनका लागि उपस्थित हुन सम्पुर्ण दर्शक महानुभवहरुलाइ आयोजकले अनुरोध गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता यहि माघ २५ गते देखि नेपालगन्जमा हुनेछ ।