बुधबार बिहानै काठमाडौं आइपुग्न सत्तारुढ आठ दलका सांसदहरूलाई निर्देशन - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

बुधबार बिहानै काठमाडौं आइपुग्न सत्तारुढ आठ दलका सांसदहरूलाई निर्देशन



काठमाडौं– सत्तारुढ आठ दलको बैठकले आ–आफ्ना सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो।

बैठकले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदलाई भोलिसम्म काठमाडौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए।

बैठकमा राष्ट्रपति निर्वाचनमा शतप्रतिशत मत खस्ने ग्यारेन्टी गठबन्धनले लिने निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदै छ।