उद्योग वाणिज्य संघका अध्यक्ष सहित अन्य तीन जना पक्राउ परेपछि अत्तरिया बजार बन्द - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

उद्योग वाणिज्य संघका अध्यक्ष सहित अन्य तीन जना पक्राउ परेपछि अत्तरिया बजार बन्द



अत्तरिया । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटा सहित कार्यसमिती सदस्य पक्राउ परेको बिरोधमा कैलालीको अत्तरिया बजार बन्द गरिएको छ । आज बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेपछि त्यसको केहि समय पश्चात अत्तरिया बजार बन्द गरिएको हो ।

अत्तरियाका सम्पुर्ण ब्यापारी , ब्यवसायीहरुका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको बिषयमा बोल्दा मुद्धा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै अत्तरियाका ब्यापारीहरुले स्वइच्छिक रुपमा आ -आफ्ना पसलहरु बन्द गरिरहेको अत्तरिया उधोग वाणिज्य संघका महासचिब यज्ञराज जोशीले जानकारी दिए ।