आस्थालाई साथ दिँदै रीमाले भनिन: जनतालाई सास्ती दिने प्रहरी, कसरी 'मेरो साथी' ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

आस्थालाई साथ दिँदै रीमाले भनिन: जनतालाई सास्ती दिने प्रहरी, कसरी ‘मेरो साथी’ ?



काठमाडौं- गायिका आस्था राउतको चर्चा र विवादबीच उनलाई पक्राउ पुर्जी जारी गरिएको छ । आस्थाले प्रहरीलाई अभद्र ब्यबहार गरेको भन्दै प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ।

गत एक सातादेखि सामाजिक संजालमा भाइरल बनेको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत आफ्नो विचार राखिरहेका छन् ।

गायक प्रमोद खरेलले गायक गायिकाको बिषयमा बोल्ने कुनै संस्था नभएको बताएपछि नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् ।

रीमाले प्रहरीको मेरो साथि स्लोगन पनि गलत भएको बताएकी छन । उनले भनेकी छन्, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ?

रीमा लेख्छिन्–

‘देशमा दिनानुदिन जघन्य अपराध घटिरहँदा अनी ठूला अपराधी रिट र तारिखमा खुलेआम हाम्रै वरपर घुमिरहँदा त्यसै त हामी असुरक्षित छौं ।

अझ, विमानस्थलको सामान्य नोकझोकलाई लिएर नागरिकविरुद्ध मुद्दामा ओर्लिएको प्रहरी संगठनले आम नागरिकमा प्रहरी प्रशासनमाथि विश्वास भन्दा बढी डर पैदा गरेको छ ।’

रीमाले सामान्य घटनालाई मुद्दामा लैजाने प्रहरीले ठूला ठूला घटनामा भने मौनता देखाएको भन्दै आलोचना गरेकी छिन् ।