कैलाली-५ बाट चुनाव लड्न डराइन् आरजु, समानुपातिकमा राखियो नाम - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

कैलाली-५ बाट चुनाव लड्न डराइन् आरजु, समानुपातिकमा राखियो नाम



काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको नाम समानिपातिकमा सिफारिस भएको छ । देउवाकै गृहजिल्ला डडेल्धुरा बाट उनको नाम समानुपातिकमा सिफारिस भएको हो ।

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा प्रत्यक्ष लड्ने भनिएकी आरजुको नाम समानुपातिकमा सिफारिस भएपछि कांग्रेसकै नेताहरू आश्चर्यमा परेका छन् । एक नेताका अनुसार कैलाली-५ बाट निर्वाचन लड्दा कांग्रेसकै नेताहरूले हराउने डर भएकाले आराजुकै आग्रहमा उनको नाम समनिपातिकमा राखिएको हो ।

डडेलधुरामा कांग्रेसको शुक्रबार बसेको बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको कार्यबाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए। प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणा देउवाको नाम प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिसमा पारिएको हो।

यससँगै डडेलधुरामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ।

‘स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेनौँ, अहिले पनि जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छौँ,’ उनले भने। यस्तै, जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ।

प्रदेश सभा सभामा पनि कांग्रेसले एकल नाम सिफारिस गरेको छ। प्रदेश सभा (१) मा कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद र (२) मा गोबिन्दबहादुर बोहराको एकल नाम सिफारिस भएको छ।