आर्थिक पुर्नलाभका लागि परियोजना सुरु - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

आर्थिक पुर्नलाभका लागि परियोजना सुरु



कैलाली – कैलालीको लम्कीचुहा नगरपालिकामा आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत लम्कीचुहा नगरपालिका स्तरीय परियोजना आज देखि शुरु भएको छ । यू.एस.ए.आई.डि. तयार नेपालको आर्थिक सहयोग तथा ट्रेस नेपाल प्रा.लि. र लम्कीचुहा नगरपालिकाको समन्वयमा परियोजना लागु हुन लागेको हो ।

परियोजनाले नगरपालिकाका बिभिन्न लक्षित बर्ग तथा सिमान्तकृत समुदायका परिवारलाई कामका लागि नगद कार्यक्रम अन्तर्गत २ सय ३ जना ब्यक्तिलाई नगरपालिकासंगको सहकार्यमा २० दिन बराबरको काम उपलब्ध गराइने ट्रेस प्रालिका चक्रबहादुर बमले जानकारी दिए ।

त्यसैगरी स्थानिय सरकार संगको सहकार्यमा महिला तथा दलित, आदीबासी जनजाति, मधेशी, अपाङ्गता भएका ब्यक्ति, बैदेशिक रोजगार बाट फर्किएका ब्यक्ति तथा अन्य बन्चित समूहबाट सञ्चालन भएका लघु उद्योग पहिचान गरी उद्यमशिलताका लागि १ सय ५८ जनालाई शसर्त नगद रकम सहयोग गर्ने ट्रेस प्रालिका अध्यक्ष छ्त्र बमले जानकारी दिएका छन् ।

कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बगजाईले तयार नेपाल, नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गतको निति नियमको परिधिमा रहि कार्य गर्ने भएकाले यो परियोजना लम्कीचुहा नगरपालिकामा संचालनका लागि स्वीकृति प्रदान गरेको बताए । बजगाईले परियोजना अन्तर्गत हुने सबै कार्यक्रमहरु लक्षित बर्गका लागि हुनुपर्नेमा समेत जोड दिएका छन् ।

परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले कोभिड १९ का कारण प्रभावित र बेरोजगार भएका लम्कीचुहाका स्थानियले यो परियोजनाबाट प्रत्यक्ष लाभ पाउने बताइन् ।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, तयार नेपालका प्रेमलाल कुश्मी, वडा अध्यक्षहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरी ६० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

तयार नेपालका धर्मप्रसाद बजगाईले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन लम्कीचुहा नगरपालिका नगर प्रमुखका सचिवालय प्रमुख धनन्जय न्यौपानेले गरेका थिए ।