मन्त्रीपरिषद विस्तारको तयारी हुँदै गर्दा आरजु एकाएक किन पुगिन् दिल्ली ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मन्त्रीपरिषद विस्तारको तयारी हुँदै गर्दा आरजु एकाएक किन पुगिन् दिल्ली ?



काठमाडौं– नेपालमा मन्त्रीपरिषद विस्तारको लागि तयारी भैरहेका बेला नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा एकाएक दिल्ली गएकी छिन्।

दस दलीय नयाँ गठबन्धनमा नयाँ मन्त्री छान्ने रस्साकस्सी भैरहेका बेला आरजु सोमबार साँझ दिल्ली पुगेकी हुन्। उनी दिल्ली किन गइन् भन्ने खुलाइएको छैन तर मन्त्रालय बाँडफाँटमा गठबन्धनमा कुरा नमिलेको बेला उनी एकाएक दिल्ली जानुलाई अर्थपूर्ण मान्न सकिन्छ।

मन्त्री परिषद् विस्तारमा गठबन्धनलाई सकस परिरहेका बेला कांग्रेस नेतृ आरजु दिल्ली पुगेपछि सामाजिक संजालमा समेत यो चर्चाको विषय बनेको छ। आरजु परराष्ट्रमन्त्री बन्ने चर्चा यसअघि नै चलेको थियो ।

नेतृ आरजु राणा देउवा सोमबार साँज ७ बजे विमानबाट दिल्लीतर्फ गएकी हुन् । उनले साथमा उनकी आमा प्रतिभा राणासमेत लगेकी छन्।