सागर ढकाललाई होच्याउँदै आरजुले भनिन्- हेलिकप्टर चढ्न नसक्नेलाई भोट नदिनुस् - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सागर ढकाललाई होच्याउँदै आरजुले भनिन्- हेलिकप्टर चढ्न नसक्नेलाई भोट नदिनुस्



पटकपटक विवादित अभिव्यक्ति दिएर चर्चामा आउने कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणाले फेरि विवादास्पद अभिव्यक्ति दिएकी छन् । यस्तै विवादास्पद अभिव्यक्तिका कारण बारम्बार आलोचित हुँदा देउवालाई समेत विवादमा तान्ने गरेकी छन्

यसअघि फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर विवादमा परेकी आरजुले हेलिकप्टर चढ्न सक्ने उम्मेदवारलाई मात्रै भोट दिन भन्दै भाषण ठोकेकी छन् ।

चुनावी सबाका लागि गृहजिल्ला डडेल्धुरामा पुगेकी आरजुले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई लक्षित गर्दै हेलिकप्टर चढ्न नसक्ने उम्मेदवारको संज्ञा दिएकी छन् । चुनावी सभामा भोट माग्ने क्रममा आरजुले हेलिकोप्टरमा उडेर आउनसक्ने उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।

आरजुले भनिन्, ‘यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ । आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्ने, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् । नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस् ।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालले साधारण तरिकाले चुनाव प्रचार गरिरहेकोप्रति उनको कटाक्ष थियो । उनले घुमाउरो पाराले हेलिकप्टर चढ्न नसक्ने भन्दै सागरलाई भोट नदिन आग्रह गरिन् ।