जनतालाई छान्न लगाएर आमआदमीले उठायो मुख्यमन्त्रीको उम्मेदवार - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जनतालाई छान्न लगाएर आमआदमीले उठायो मुख्यमन्त्रीको उम्मेदवार



काठमाडौं–भारतको आमआदमी पार्टीले लोकसभा सांसद भगवन्त मानलाई पञ्जाबको मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

मंगलबार पार्टी प्रमुख अरविन्द केजरीवालले भगवन्त मानको नाम घोषणा गरेका हुन्। पञ्जाबमा आगामी २० फेब्रुअरीमा विधानसभा निर्वाचन हुँदैछ।

गत साता केजरीवालले एक मोबाइल नम्बर सार्वजनिक गर्दै मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्न पञ्जाबका नागरिकलाई आग्रह गरेका थिए। ९३.३ प्रतिशत मानिसले भनेअनुसार नै आफूले भगवन्तको नाम प्रस्ताव गरेको उनले बताएका छन्।

तर सिद्धुको नाम भने जम्मा ३ प्रतिशतले लिएको केजरीवालको दाबी छ।

पञ्जाब विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक आशुतोष कुमारका अनुसार पञ्जाबमा आम आदमी पार्टीको छवि दिल्लीको पार्टी र गैरपञ्जाबीको पार्टीको रुपमा छ। यहीकारण २०१७ को चुनावमा केजरीवाल पञ्जाबको सत्ताबाट टाढा रहेका थिए। तर उनले गत जुन महिनामा पञ्जाबमा आफ्नो उम्मेदवार सिख नै हुने बताएका थिए।

भगवन्त मान पञ्जाबमा आम आदमी पार्टीका प्रमुख हुन्।